‘आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने छ’ : नेता खनाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । बुधबार पार्टीले गैर आवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् ।

उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने बताएका हुन् । नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उनले बताए । सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए ।

उनले गैर आवासिय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको बताए । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उनले बताए । आपसी सर–सहयोग बढाउनुपर्ने पर्नेमा उनले जोड दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्