नगरपालिकाद्धारा कृषक समूहलाई बाख्रा वितरण, बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्न उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।
नगरपालिकाले वडा नं ३ को ढोडेनीमा समूह गठन गरेपछि बिहीबार उन्नत जातका बाख्रा वितरण गरेको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा प्रमोदकुमार पौडेलले बताए । पौडेलकाअनुसार चार कृषक समूहलाई बाख्रा वितरण गरिएको हो । सो समूहमा प्रतिसमूह एउटाका दरले चार समूहलाई चार बोयर ५० प्रतिशत जातको बोका तथा समूहमा आबद्ध ४८ महिलालाई उन्नत जातका बाख्रा वितरण गरिएको पशु चिकित्सक पौडेलले बताए ।

बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताए । गैँडाकोटको वडा नं ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको बताए । मासुको पकेट क्षेत्रका रुपमा विकास गर्दै स्थानीयको आयआर्जन वृद्धिका लागि नगरपालिकाले बाख्रा तथा बोका वितरण गरेको उनले बताए ।

नगरपालिकाले वडा नं ३ मा यसअघि नै कृषक समूह गठन गरेर समूहका सदस्यलाई माउ बाख्रा तथा समूहमा रहने गरी बोका वितरण गरेको हो । उन्नत जातका बाख्रा वितरणपछि गैँडाकोटको वडा नं ३ मा बाख्राको प्रवद्र्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको नगरप्रमुख पौडेलले बताए । बाख्रा प्रवद्र्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्नेगरी अगाडि बढ्न नगरप्रमुख पौडेलले आग्रह गरे । –RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्