भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु, दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । एक कार्यक्रमकाबिच बुधबार बिहान भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मेलाको सुरुवात गरिएको हो । सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको हो ।

इभेण्ट सोलुसन प्रालिले आयोजना गरेको मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता छ । विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।

चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुने मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्