भक्तपुर । अहिले हरेक नेपालीले एउटै विषयमा मात्र कुरा गरेको सुनिन्छ । भुरादेखि बुढाको मनमा एउटा मात्र कुरा छ नेताहरुका कारण देश सखापै बन्यो । देश बिगार्ने नेता, सरकारी कर्मचारी र व्यापारी हुन् भन्ने सबै नेपालीको मनमा परेको छ । मुलुकलाई विदेशी ऋणको दलदलमा फसाउनु र भ्रष्ट्राचार बढाउनुमाथि सिमित व्यक्तिको हात छ । तर, आज यसको मारमा सबै निर्दोष जनता परेका छन् । निर्दोष जनताले देशका लागि सोच्दासोच्दै पनि पदमा बसेकाहरुले मुलुकको सत्यानाश पारे । खाईनखाई तिरेको कर कहाँ गयो जनतालाई अत्तोपत्तो छैन् । खर्बौ विदेशी ऋणले कुन ठाँउको विकास भयो त्यो पनि थाहा छैन् । कही कतै विकासको नामोनिशान छैन् तर विदेशी ऋण बढेको बढ्यै छ । कारण के बढ्दो भ्रष्ट्राचार र सिमित व्यक्तिको सुःखसयल ।
मुलुकको विकासभन्दा पनि कर्मचारी र नेताको सुःखसयलमा राज्यको ढुकुटी रित्तिएको छ । विदेशीसंग हात फैलाउदै नेता र सरकारी कर्मचारीको गोजी भर्ने कामले यहा प्राथमिकता पाएको छ ।भ्रष्ट्राचारी नेताहरु बढी हुँदा नेपाल तहसनहस भइसकेको छ । नेता र कर्मचारीलाई देशको माा नभएका कारण यस्तो अवस्था निम्तियो । तर, नेपाली जनतालाई त नेपालभन्दा ठुलो केही छैन् । आफ्नो जमिन बचाउन नेपाली जे गर्न पनि तयार छन् । नेपाललाई माया गर्नेहरु देश बचाउनैका लागि संघर्षमा जान सक्छन् । अहिलेसम्म जनताहरु मौन बसिरहेका छन् । राज्यले जे गरेपनि उनीहरुले चुइक्क बोलेका छैनन् । तर, भोलि उनीहरु संघर्षमा उत्रिए भने कुनै नेता, सरकारी कर्मचारी यथावत् रहदैनन् । उनीहरुले पनि सजिलै हात उठाइदिन्छन् । अहिले हरेक नेपालीको सोचविचार एउटै छ, जसरी हुन्छ मुलुक बचाउनुपर्छ । त्यसका लागि उनीहरुले सरकारी कर्मचारीको तलब आधा गर भनेर सरकारसंग पटकपटक माग गरिरहेका छन् । त्यसैगरी, भुपुमन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री सबैको सुःखसयलको कटौती गर्नुपर्नेमा जनताहरुको जोड छ । तत्कालका लागि ज्येष्ठ नागरिक भत्ताहरु मिनाहा गर्नुपर्ने देखिन्छ ।राजनितिक पार्टीका कार्यकर्ताहरु सरकारी कर्मचारीले गर्दा देश बिग्रियो भन्छन् ।
यता, भुपु सरकारी कर्मचारीहरु राजनितिक दलले बोराबोरा पैसा लुकाएर भन्दै औला ठड्याउछन् । उधोगपतिहरुले कर नतिर्दा र भएको पैसा लगेर सबै विदेशमा लुकाउदा पनि राज्य राजस्वविहिन बनेको हो । अर्थतन्त्र धरासायी बनेको कुरा अहिले सबैलाई थाहा छ । तापनि नेताहरुआरोप प्रत्यारोप गर्नमै व्यस्त छन् । एमालेको अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अर्थतन्त्र बचाउन नसकेको ठहराए । प्रधानमनत्री देउवाको सरकार नहट्ने हो भने मुलुक यथाशीघ्र श्रीलकांकै स्थितिमा आउने ओलीको दाबी छ । फेरि कांग्रेस पार्टीले केपी ओलीका कारण अर्थतन्त्र डामाडोल बनेको बताइरहेका छन् । ओली सरकारमा हुने बेला उनले २० अर्ब रुपैंया आफ्नो कार्यकर्तालाई बाडेको उनीहरुको आरोप छ ।कांग्रेसले एमाले र एमालेले कांग्रेसलाई गिराउने काम मात्रै गरिरहेका छन् । पछिल्लो समय केपी ओली कार्यक्रममा भाषण दिनमै व्यस्त देखिन्छन् । उनले हरेक कार्यक्रममा अर्थतन्त्र केलाउदै भोट माग्छन् । अब एमालेको सरकार बन्ने र एमालेले नै अर्थतन्त्र सही गतिमा ल्याउने केपीको दाबी छ । तर, केपीसंग त्यस्तो के जादु छ कि उनले पटकपटक सरकारमा आउनेबित्तिकै अर्थतन्त्र सही गतिमा ल्याउछु भनेर भाषण दिदै हिडेका छन् ।
२०७४ सालको चुनावमा जनताले पाँच वर्षका लागि सरकार चला भनेर केपीलाई मत दिएको हो । तर, सरकार चलाउन नसकेर दुई चोटि संसद् विघटन गरेर बाहिरिने पनि केपी नै हो । अझ पनि मै सरकारमा आउछु अर्थतन्त्र चलायमान बनाउछु भन्नु मुर्खता हो । विगत दुई वर्षदेखि अर्थतन्त्र डामाडोल छ । यसमा देउवाको मात्र नभई केपीको पनि हात छ । केपीकै सरकार हुने बेला अर्थतन्त्र धरासायी बनिसकेको थियो । तर, अहिले देउवातिर औला तेस्य्राएर भोट माग्नु कतिसम्म हीनताबोध कुरा हो ।पटकपटक प्रधानमन्त्री भएको व्यक्तिलाई त देशको माया नहुदो रहेछ भन्ने उदाहरण केपीले दिएका छन् । बस् उनलाई माया छ त भोटको । सबै मिलेर संगै जाऔं, देश बचाऔ भन्नुको साटो झनै खुट्टा तान्नेलाई जनताले किन भोट दिने रु आर्थिक संकट भएको बेलामा थप जिम्मेवार हुनु केपीको दायित्व होइन् । बैंकहरुबाट जनताको विश्वासनीयता गुमिसकेको बेला यस्तो हल्ला मच्चाउनुले कति क्षति गर्छ उनले यसको अड्कलसकेत गरेका छैनन् । विदेशीले समेत नेपालको अर्थतन्त्र चक्नाचुर बनेको थाहा पाइसकेका छन् । अब विदेशबाट ऋण पाइएला कि भनेर नसोच्दा पनि हुन्छ । अर्थतन्त्रमा पनि राजनिति घुसेको छ । सरकार पक्षका कार्यकर्ताहरु असारसम्म अर्थतन्त्र केही हुदैन् भनेर भनिरहेका छन् । यता, विपक्षका कार्यकर्ताहरु अर्थतन्त्र टाठ पल्टिसकेको बताउछन् । सत्ता पक्षका अर्थविद्हरु अर्थतन्त्र केही हदसम्म बिग्रिएको हो तर श्रीलंका जस्तो भइनसकेको बताउछन् ।
विपक्षका अर्थविद्हरु नेपाल श्रीलंकाकै स्थानमा आइसकेको बताउछन् । यसमा पनि दुई धार आएको छ ।वुद्धिजीवी वर्गहरु नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले दुई हजारको नोट निकाल्नुपर्नै अडान लिएर बसेका छन् । यता, बाबुराम भट्टराईमाथि जनताहरु खनिएका छन् । बाबुरामले बाटो फराकिलो बनाए । त्यही बाटोमा भारतको सवारी साधन गुड्यो । सवारी साधनमा हाल्ने तेल पनि सबै भारतले बेचेको छ । खेतीयोग्य जमिन सबै कालोपत्रे गर्दा मँहगी बढ्यो । खाधान्न बेच्ने पनि उही भारत । बाबुराम भारतको दलाली बन्दा नेपाल तहसनहस बन्यो । कृषि मन्त्रालय र भुमि सुधार मन्त्रालयले पनि बेलैमा सोचविचार नगर्दा जनता मारमा परेका छन् । भुमि सुधार मन्त्रालय जग्गा बचाउनुको साटो बिक्री गर्नमा लागिपप्यो । कति जग्गा बिक्री भयो, प्लानिङ भयो भन्नेतिर मात्र मन्त्रालयको ध्यान गयो । कुनै मुलुकलाई आफ्नो मुठ्ठीमा पार्नु छ भने पहिले त्यस मुलुकको खाली जग्गा हेरिन्छ । त्यहाँको जनता कतिको आत्मनिर्भर छन् यसको अध्ययन गरिरहेको हुन्छ । त्यसपछि विकासको नाम दिदै घर र बाटो बनाउन लगाउछ ।आत्मनिर्भरबाट परनिर्भर बनाइसकेपछि उसलाई हस्तक्षेप गर्न सजिलो हुने भो । तर, मुलुकमा आर्थिक संकट आइसक्दा पनि नेपालका राजनितिक दलहरुको बुद्धि पलाएको छैन् । व्यापार घाटा बढेको बढ्यै छ तापनि यिनीहरु बेवास्ता गरिरहेका छन् । अझैपनि जग्गा प्लानिङ गर्नेतिर यिनीहरुको ध्यान केन्द्रित छ ।
मुलुकमा यस्तो स्थिति आउनुपछाडिको कारण खेतीयोग्य जमिनमा बढ्दो घर हुन् । यसलाई रोक्न सम्बन्धित निकायले ढिलासुस्ती गरिरहेको छ । सरकारको अधीनमा हुनुपर्ने भुमि व्यक्तिलाई दिइएको छ । भुमि निजी सम्पत्ति हो भन्दै छाडा छोड्दिएको छ । जसको मार राज्य र जनता दुवैलाई पप्यो । सरकारले आगामी वैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा गरेको छ । तर, पहिल्यैकै उही कामचोर वडाध्यक्ष, मेयर, उपमेयरलाई हामीले किन मत दिने रु हिजोको दिनमा जनप्रतिनिधिले के गरे रु निर्वाचन गरेर जनताले तिरेको कर फोगट्टे खेर फाल्नुभन्दा स्थानीय चुनाव नगर्नु नै सबैका लागि जाती हुन्थ्यो । अर्बौ रुपैंया खर्च गरेर के गर्ने रु भोलि आएर उही भ्रष्ट्राचार नै गर्ने हुन् । यस्तो पाराले मुलुकको स्थिति निकै झनै नाजुक हुन्छ । जनप्रतिनिधिहरुले तलबभत्ता खान छोड्दैन । देशमा संकट आइसक्दा पनि सांसद्हरुले तलबभत्ता खाइरहेका छन् । विदेशी ऋण लिएर तलबभत्ता खुवाउनु बेकार हो ।