राप्रपाले गर्यो चुनावी घोषणापत्र सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपाल पहिलो दल बनेको हो । प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नयॉ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र घोषणापत्रमा राप्रपा सफल हुने उल्लेख गरिएको छ ।

सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपाल स्थानीय धार्मिक–सॉस्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ । यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ ।

यस्तै पार्टीले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्नुका साथै पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्ने गरेको छ । यस्तो मान्यता अरु कुनै पनि पार्टीहरुले दिएका छैनन् । राप्रपा नेपालले नेपालको माटोमा प्रवर्धित सम्वद्र्धनवादलाई पार्टीको मूल दर्शनको रुपमा आत्मसात गरेको र अरू पार्टीहरुले भने मार्क्सवाद, लेनिनवाद, माओवाद, पूँजीवाद जस्ता आयातित विचारलाई मूलमन्त्र बनाएको उल्लेख गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्