बागलुङका सबै नगरमा आँखा उपचार सम्भव

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ। जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको हो ।

सदरमुकाममा धौलागिरि आँखा अस्पताल र बाँकी तीन नगरपालिकामा आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको नेपाल नेत्रज्योति सङ्घ बागलुङका अध्यक्ष भरत पुरीले बताए । यस अघि उपचार केन्द्र नरहेको जिल्लाको जैमिनीमा बिहीबार आँखा उपचार केन्द्र स्थापना भएपछि नगरपालिकामा सर्वसाधारणको आँखा उपचारमा पहुँच पुगेको हो ।गलकोटको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा यसअघि नै आँखा उपचार केन्द्र स्थापना भइसकेको छ । नेत्रज्योति सङ्घ बागलुङले हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र जैमिनीको व्यवस्थापनमा आँखा उपचार केन्द्र स्थापना गरेको हो । अब दक्षिणी क्षेत्रका नागरिकले आँखाको सामान्य जाँच र उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । उपयोगविहीन कृषिउपज सङ्कलन केन्द्रको भवन प्रयोग गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।तत्कालका लागि नेत्रज्योति सङ्घले कर्मचारीको व्यवस्थापन गर्ने र स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले आँखा उपचार केन्द्रको सबै व्यवथापन गर्नेछ ।

प्राविधिक सहयोग भने हिमालयन आँखा अस्पतालसँग सहकार्य गरेर नेत्रज्योति सङ्घले गर्ने अध्यक्ष पुरीले बताए । तत्कालका लागि आँखाको जाँच तथा उपचारका लागि आवश्यक रु १४ लाख मूल्य बराबरका उपकरण हिमालयन आँखा अस्पतालले सहयोग गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्