महोत्तरीमा मङ्गलबार राति परेको वर्षाले मिल्यो किसानलाई राहत

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ । मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।

गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् । चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन । वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास–७ मनहरिपुरका विन्देश्वर यादवले बताए । “राम्ररी चिस्यान हुने गरी पानी परेको छ”, उनले भने , “यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।” पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला लहरा लतारेर केही नोक्सान गरेको किसानले बताएका छन् ।

हावाहुरीले आँप, लिचीसहितका फलका चिचिला सोतर पारेर झारेको भङ्गाहा–४ पलारका चौठी सर्दार बाँतर भन्छन् । अन्य बालीनालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउनुपर्ने बाँतर बताउँछन् । वर्षापछि किसानलाई राहत मिलेको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्