श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले मास्क लगाउनु पर्ने नियमलाई हटाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले बिहीबार मास्क लगाउनु पर्ने नियमलाई हटाउने पूर्व निर्णयलाई पुनरावलोकन गर्दै सार्वजनिक स्थलमा मास्कलाई अनिवार्य लगाउनु पर्ने निर्णय गरेको छ । सरकारले यसअघि मास्क लगाउनुपर्ने नियमलाई केही खुकुलो पार्ने नीति लिएको थियो ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “देशभर भइरहेका ठूला सार्वजनिक सभालाई ध्यानमा राखेर सार्वजनिकस्थलमा रहँदा मास्क लगाउनु पुनः अनिवार्य गरिएको छ ।”  मेडिकल टेक्नोलोजिकल सर्विसेजका निर्देशक अन्भर हमदानीले सञ्चारमाध्यमलाई बताएअनुसार गत हप्ता एउटा प्राविधिक समितिले मानिसहरूलाई मुखमा मास्क लगाउन वा नलगाउन स्वतन्त्रता दिने निर्णय गरेको थियो ।

उनले भने, “विशेषज्ञहरूको उचित परामर्श बिना हतारमा निर्णय घोषणा गरिएको थियो । यसलाई पुनः विचार गरिएको छ ।” श्रीलङ्काले सन् २०२० को अक्टोबरमा कोरोनाभाइरस क्वारेन्टाइन नियमावली जारी गर्दै सार्वजनिक स्थलमा मास्क लगाउने र सामाजिक दुरी कायम राख्ने निर्णय सार्वजनिक गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्