फूलबारीमा फोरजी टावर, ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त

Ad
  • कालोपाटी सम्बाददाता

तुलसीपर । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताए ।

यसअघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडाकाँडा पुग्नुपथ्र्यो । अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताए । फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ । त्यहाँ दुई वर्षअघि टेलिकम टावर निर्माण पूरा भएका थिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्