काठमाडौंमा सवारी दुर्घटनामा दुईको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । आज बिहान बा ५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंको बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का ३२ वर्षीय कमल आलेमगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आलेमगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्