माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने, अपिललाई मार्गदर्शन मानेर स्थानीय तहले घोषणा पत्र बनाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने भएको छ ।

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन संघीयतामा पनि स्थानीय चुनावको घोषणापत्र केन्द्रबाट आउनु उचित नहुने बताउँछन् । उनले भने, ‘यत्रो संघीयताको व्यवस्था गर्दा पनि पालिकाको घोषणा केन्द्रले बनाउँदा फेरि केन्द्रिकृत मानसिकता, तलका जान्दैनन्, बुझ्दैनन्, माथि नै हामी जान्ने छौं, हामीले नै ‘डिक्टेट’ गर्नुपर्छ भने जस्तो हुन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्