नेपाली कांग्रेसबाट ललितपुरको मेयरमा चिरिबाबु महर्जनको उम्मेदवार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । महर्जन ललितपुरका वर्तमान मेयर पनि हुन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले वर्तमान मेयर महर्जनलाई नै दोहोर्‍याउने निर्णय हो ।

चिरिबाबुसँग विगतमा उनले गरेका कतिपय कामका कारण ललितपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका कांग्रेस ललितपुरका नेताहरु बताउँछन् । सत्ता गठबन्धनमा उपत्यकाका दुईवटै महानगरको मेयर पद कांग्रेसको भागमा परेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्