नेपाल राष्ट्र बैंकको ६६ औँ वार्षिकोत्सव हुँदै, अहिलेको खस्किँदो अर्थतन्त्रका बारेमा छलफल गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आफ्नो ६६ औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सव समारोहमा नेपालको अर्थतन्त्रमा कोभिडका कारण परेको असर र अहिलेको खस्किँदो अर्थतन्त्रका बारेमा पनि छलफल गरिने भएको हो ।

खस्किँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आया, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरुमा नकारात्मक असर परिरहेको र यसलाई सकारात्मक ढंगबाट अघि बढाउने वषयमा पनि छलफल हुने राष्ट्र बैंकले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा भने अर्थमन्त्रीलाई बोलाइएको छैन । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध कोलाहलपूर्ण छ । अर्थमन्त्री शर्माको प्रश्तावमा सरकारले केही दिनअघि गभर्नर अधिकारीबिरुद्ध गोप्य सूचना चुहाएको आरोपमा निलम्वन गरेको थियो ।

निलम्वनपछि आफूलाई हटाउने उद्देश्यले सरकारले निलम्वन गरेको भन्दै जाँचबुझ आयोग खोरेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका अधिकारीलाई अदालतले निलम्वन नगरी काममा फर्किने गरी अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतमा रहेको गभर्नर अधिकारीमाथिको मुद्दामा दुवै पक्षको वहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्