काँग्रेसका महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै, अध्यक्ष ओलीको भनाइको जवाफ दिने तयारीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको दस्ताबेजलाई पागलहरुको प्रलाप भनेको विषयमा पत्रकार सम्मेलन गर्नेभएका छन् । नेपाली काँग्रेसको निर्वाचन घोषणापत्रका संयोजकसमेत रहेका महामन्त्री थापाले पत्रकार सम्मेलन गरी अध्यक्ष ओलीको भनाइको जवाफ दिने भएका छन् ।

अध्यक्ष ओलीले मंगलवार मनमहोन अधिकारीको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसको निर्वाचन घोषणापत्रमा गाली बाहेक केही नभएको र पागलहरुको प्रलाप भएको टिप्पणी गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्