आत्महत्या प्रयास गरेको भन्दै वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बुटवल वडा नं। २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी परेको छ । वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । २०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

आत्महत्या गर्नु अपराध सरह हुने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार वडाअध्यक्षका उम्मेदवार नेपालविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय स्रोतले बतायो । यस्तै बुटवल उपमहानगरमा नेपालसहित पाँच जना वडाअध्यक्ष उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको हो ।

यसैगरी कांग्रेसबाटै वडा न। ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्माविरुद्ध टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुरी परेको छ । त्यसैगरी अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समितिमा रहेको र आर्थिक दुरुपयोग गरेको भन्दै उजुरी परेको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्