नेपाल विद्युत् प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट र टेलिभिजनको तार काट्ने चेतावनी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनीलाई पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरु प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई सूचना जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको हो । नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न यसअघि नै पटक(पटक सचेत गरिसकिएको छ,’ सूचनामा भनिएको छ । नियमानुसार सम्झौता नगरी सेवा प्रदायकहरूको लाइन जुनसुकै सयममा काट्न सकिने प्राधिकरणले बताएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्