प्रेस काउन्सिल नेपालले गर्यो ३५ सञ्चारमाध्यमलाई कारबाही, आचारसंहिता पालना भए-नभएको विषयमा विशेष अनुगमन गरिदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रेस काउन्सिल नेपालले ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई कारवाही गरेको हो । दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ भएको हो ।

निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरुबाट आचारसंहिता पालना भए-नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको छ ।

२ वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् । यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्