सत्ता गठबन्धनले गर्यो एमालेसँग स्थानीयस्तरमा भएको तालमेल खारेज गर्ने निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलहरुले नेकपा एमालेसँग भएको तालमेल खारेज गर्ने भएका छन् । बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको हो ।

दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए तर गठबन्धनमा भएको निर्णयविपरीत विभिन्न स्थानीय तहमा एमालेसँग काँग्रेस, माओवादीलगायतका पार्टीले तालमेल गरेको समाचार सार्वजनिक भएका थिए । तर एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको छ भने एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुले बताएका छन् ।

 

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्