उपाय सिटी कार्गोले गर्यो विराटनगरमा सेवा विस्तार, देशभर सेवा विस्तार गर्ने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं। । नेपालको पहिलो अनलाइन लजिस्टिक प्लेटफर्म उपाय सिटी कार्गोले हालै आफ्नो सेवा विराटनगरमा विस्तार गरेको छ । देशभर सेवा विस्तार गर्ने उद्देश्य लिएको उपाय सिटी कार्गोले हालसम्म काठमाडौं , बुटवल र भैरहवामा आफ्नो सेवा विस्तार गरी सामान ढुवानीको व्यवसायीमा ख्याती कमाउन सफल भएको हो ।

सोही प्रक्रियाअन्तर्गत प्रदेश १ मा व्यापारिक दृष्टिकोणले महत्वपूर्ण सहर विराटनगरबाट आफ्नो सेवाको विस्तार गर्ने जानकारी कम्पनीका मेनेजिङ डाइरेक्टर सुमन रायमाझीले बताए । नेपालमै पहिलोपटक ढुवानी सेवा अनलाइन प्रविधिमार्फत ढुवानी व्यवसायी र ग्राहकलाई जोड्न सफल भएको छ । ग्राहकले ढुवानी सेवा लिनका लागि मोबाइलमा उपाय सिटी कार्गोको एप डाउनलोड गरी आफ्नो विवरण राखेर साइन अप गर्नुपर्नेछ ।

यसबाहेक ग्राहकले रिक्वेस्ट वेबसाइट, कलसेन्टर अथवा ई–मेल गरेरसमेत सेवा लिन सक्नेछन् । ग्राहकको रिक्वेस्ट आएपछि एपमा आबद्ध भएका चालकको फोनमा अटोमेटिक म्यासेज जानेछ । त्यसपछि चालकले आफैँ रिक्वेस्ट एक्सेप्ट गर्न मिल्नेछ । उपाय सिटी कार्गोको ढुवानी सेवा विराटनगरका साथै इटहरी, धरान, इनरुवा र उर्वाबारीसम्म पुर्याउने कामको थालनी दुई महिना अगाडिदेखि नै सुरु गरिएको जानकारी विराटनगरका निर्देशक दिवस दाहालले दिए। यसका साथै उनले हालसम्म २०० सवारीका चालकलाई यसबारेमा जानकारी गराइएको पनि बताए ।

हालसम्म यो कम्पनीबाट देशभरबाट ३०० चालक, ७०० संस्थागत सेवाग्राही र व्यक्तिगत रुपमा सेवा लिनेको संख्या पनि ठूलो रहेको छ । नेपालमा सस्तो, सजिलो र भरपर्दो ढुवानी सेवा प्रधान गर्ने उद्देश्य लिएको उपाय सिटी कार्गोमार्फत दुई किलोमिटर दूरीसम्म सामान ढुवानीका लागि ६०० रुपैयाँ लाग्ने र त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्ने कुरा विराटनगरका लागि फ्रेन्चआइच पार्टनर दाहालले बताए ।

उपाय सिटी कार्गोको औपचारिक शुभारम्भ कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई प्रथम अथितिका रुपमा निमन्त्रण गरिएको थियो । उक्त कार्यक्रममा सहभागी हुँदै रिजालले अब ट्रेडिङका सामान एक स्थानबाट अर्को स्थानमा पुयाउने वैधानिक र संगठित कम्पनीको सुविधा सहरमा भित्रिएको जानकारी गराएका थिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्