ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्क सोलुसन बीच सम्झौता, भिडियो कलमार्फत केवाईसी अपडेट गर्न सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले र डिजिटल नेटवर्क सोलुसन प्रालिबीच सम्झौता भएको छ । भिडियो केवाईसी प्रणाली ग्लोबल लाइभ बैंकिङ सुचारुको लागि सम्झौता गरेको हो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात ग्लोबल आइएमई बैंकका ग्राहकले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउँदै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्