नेपाल टेलिकमले ल्यायो सूचना प्रविधि दिवसको अवसरमा अफरैअफर, हेर्नुहोस् के-के छन् सुविधाहरु ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । वैशाख १९ गतेमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले अफर उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार सूचना प्रविधि दिवसका अवसरमा ग्राहकलाई अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो ।

यो अफर वैशाख १८ देखि वैशाख २४ सम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याकमा ५० प्रतिशत छुट हुने छ ।

यसअघि ९९ रुपैयाँमा उपलब्ध हुंदै आएको उक्त प्याक राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्