बिज बजारले ल्यायो नयाँ अभियान सञ्चालनमा, सामान किन्दा महिनाको २० गते २०% छुट पाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।

साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू १ उपहार प्रति सेवाग्राही प्राप्त गर्नेछन् । त्यसै गरी यो अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म २० मिनेट भारी छुटसहितका रहस्यमय सामानहरूको बिक्री पनि सञ्चालन हुने बताइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्