‘घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले २ प्रतिशत काम र ९८ प्रतिशत झुट बोलेको छ’ : नैनसिंह महर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दुई तिहाइको सरकार हाँकेका ओलीको कार्यकालमा भएको विकासको हिसाब जनताले खोज्ने बेला आएको बताए छन् । शुक्रबार डडेलधुरामा आयोजित एक कार्यक्रममा बोल्दै महरले यस्तो बताएका हुन् । २०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाएका छन् ।

एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठिक उल्टो गर्छ । घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ ।  ९८ प्रतिशत झुट बोलेको छ’ उनले भने। उनले अब एमालेको झुटको खेती नटिक्ने बताएका छन् । देश अप्ठ्यारोमा पर्दा काँग्रेसले नै जोगाउने भएकाले सुरुमै विजयी बनाएर काम गर्ने वातावरण सिर्जना गर्न महरको आग्रह छ । उनले काँग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको बुद्धिमताले नै शान्तिपूर्ण रुपमा देश चुनावमा होमिएको महरको दाबी छ । यसले देउवा र काँग्रेसको मात्र नभएर विश्वमा नेपालकै छवि राम्रो हुने उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्