‘२ महिनाभित्रै विदेशमा बस्ने नेपालीलाई आईपीओमा कोटा व्यवस्था गरिने छ’ : अध्यक्ष हमाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर ९आईपीओ०मा कोटा दिने व्यवस्था गरिने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै हमालले यसका लागि कार्यविधि बनिरहेको बताएका हुन् ।

अध्यक्ष हमालले शेयर बजार आगामी जेठ एक गतेदेखि साताकै पाँचै दिन सञ्चालन हुने बताएका छन् । हमालले इन्धन खपत घटाउन जेठदेखी परीक्षण स्वरुप शनिवार र आइतबार दुई दिन विदा दिने निर्णय गरे पनि शेयर बजार ५ दिन नै सञ्चालन हुने अभिव्यक्ति दिएका हुन् । उनले शुक्रवार पनि शेयर बजार सुचारु राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्