काँग्रेसको चुनावी सभा सोमबार कैलालीको धनगढीमा हुँदै, गठबन्धनकका शिर्ष नेताहरुले सम्बोधन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । नेपाली काँग्रेसले कैलालीको धनगढीमा चुनावी सभा आयोजना गरेको छ । सोमवार हुने चुनावी सभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका गठबन्धनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको हो ।

आज नै प्रधानमन्त्री देउवको गृहजिल्ला डडेल्धुरामा पनि चुनावी सभा हुँदैछ । धनगढीको कार्यक्रम सकेर गठबन्धनका सबै नेताहरु डडेल्धुरा जाने कार्यतालिका रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्