बुधबार र बिहिबार मतदाता परिचय पत्र वितरण गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोग, नेपालले आज र भोलि मतदाता परिचय पत्र वतरण गर्दैछ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरुलाई आयोगले बुधवार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।

आयेगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । आयोगले स्थानीय तहको निर्वाचनका लागि मंगलवार रातिबाट लागू हुने गरेर मौनावधि शुरु भएको जनाएको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेल सम्मका लागि लागू हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्