निर्वाचन आयोगले दुई दिन मतदाता शिक्षा दिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निर्वाचन आयोग, नेपालले बुधवार र बिहीवार मतादाता शिक्षा दिने भएको छ । नयाँ मतदाताहरुलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले मतदाता शिक्षामा समेटेर त्यसलाई सिकाइने आयोगले जनाएको हो । आयोगले सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकउनेछ । स्थानीय तहको निर्वाचनका लागि मंगलवार राति १२ बजेबाट नै मौनावधि शुरु भइसकेको छ ।

यो अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरुले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउने छैनन् । यसको अनुगमनको लागि आयोगले अनुगम टोली खटाइसकेको छ । अनुगमन टोलीले निर्वाचन आचारसंहीता विपरित काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोली खटाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्