स्याकार ट्रेडिङ कम्पनीले ल्यायो ‘होन्डा छ साथ साथ’ नामक आकर्षक उपहार, के- के छन् विशेषताहरु ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालका लागि होन्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । नेपालका सातै प्रदेशका ग्राहकले सहभागिता जनाउन सक्ने यस योजनाअन्तर्गत प्रत्येक होन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपनमार्फत रु। १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

योजना अवधिभर होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक मध्ये प्रत्येक प्रदेशबाट एक–एकजना गरी सातै प्रदेशबाट सातजना ग्राहकले लक्की ड्रमार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सकिने भएको हो । यसका साथै बम्पर लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख उपहार पाउने छन् ।

स्याकार इन्भेस्टमेन्टमार्फत हुने १५ ईएमआई पेमेन्ट स्किमबाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । योजना २०७९ वैशाख २५ गतेदेखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्