अन्तर्राष्ट्रिय स्तरको ठूलो सभाहल निर्माण कार्य सम्पन्न, जेठ २ गते प्रधानमन्त्री देउवाद्धारा उद्घाटन गरिने

Ad
  • कालोपाटी सम्बाददाता

लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको निर्माण कार्य  सम्पन्न भएको छ । राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्धारित समयमै सकिएको हो । ३ वर्षमा सम्पन्न गर्ने योजना रहेको हल कोरोनाका कारण एक वर्ष ढिलो भएपछि ४ वर्षमा सम्पन्न भएको हो ।

उद्घाटनका लागि सबै पूर्वाधार तयारी पूरा भएको छ । उक्त भवनको उद्घाटन प्रधानमन्त्री शेरबहदुर देउवाले गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ मा हलबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको । ५ हजार सिट क्षमता भएको छाता शैलीको हलमा  गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिसमेत राखिसकिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको छ ।

मेन्टेनेन्स फ्री गर्न पिलरमा समेत मोज्याक र  ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्