धादिङमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, २० जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा सत्तारुढ गठबन्धन नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । गएराति मौन अवधिमा भोट माग्न हिँडेको निहुँमा दुई समूहबीच झडप भएको थियो । प्रहरीका अनुसार कार्यकर्ताबीच झडप हुँदा २० जना घाइते भएका छन् ।

घाइते हुनेमा अधिकांश नेपाली काँग्रेसका कार्यकर्ता रहेका छन् । गम्भीर घाइते ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्