ताप्लेजुङमा २४ वर्षीय युवक परे मृतावस्थामा फेला

Ad
  • कालोपाटी सम्बाददाता

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ दुम्जाका एक युवक फेला परेका छन् । बुधवार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन् ।

जेसीबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए । बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्