हेर्नुहोस् कहाँ–कहाँबाट गर्दैछन् अध्यक्ष ओली र माधव नेपालले मतदान ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । ओलीले सूर्यविनायक नगरपालिका वडा नं। २, बालकोस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् ।

उक्त विद्यालय रहेको मतदानस्थलमा तीन मतदान केन्द्र रहेका छन् । जसमा (क) मा १ हजार ८, ९ख० मा १ हजार ८ र (ग) केन्द्रमा १ हजार ४० जना मतदाता गरेर ३ हजार ५६ जना मतदाता छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा ओलीको क्रम संख्या ४८५ उमेर ७० वर्ष उल्लेख गरिएको छ ।

त्यसैगरि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका वडानम्बर २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने नेपालको सचिवालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्