धनुषामा निर्वाचनको तयारी सम्पन्न, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षाकर्मी परिचालन

nirwachan
Ad
  • कालोपाटी सम्बाददाता

धनुषा । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री पुगिसकेको छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा भाग लिने ३२ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित छ हजारभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन अन्तर्गत आज मतदाता परिचयत्रपत्र वितरण गर्नुका साथै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने तरिकासम्बन्धी जानकारी दिइने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लामा ३२३ मतदान स्थल र ५९६ मतदान केन्द्र कायम गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्