रामेछापमा कांग्रेसका उम्मेदवारमाथि राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेका कार्यकर्ताद्धारा खुकुरी प्रहार

Ad
  • कालोपाटी सम्बाददाता

रामेछाप । रामेछापमा कांग्रेस वडाध्यक्षका उम्मेदवार माथि खुकुरी प्रहार भएको छ । गएराति राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताले उमाकुण्ड गाउँपालिका– ३ कुबुकास्थलीका रमेशकुमार सुनुवारलाई खुकुरी प्रहार गरेका हुन् । घटनास्थलबाट खुकुरी प्रहार गरेको अभियोगमा एमालेका कार्यकर्ता पवित्र सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय तहको निर्वाचनको मौन अवधिमा कांग्रेस, एमाले र राप्रपाका नेता तथा कार्यकर्ता गाउँ घुम्ने क्रममा कुबुकास्थलीमा आपसी झगडा हुँदा कांग्रेसका उम्मेदवार सुनुवारलाई एक्कासि खुकुरी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको हो । घटनाको विषयमा स्थानीय तहका उम्मेदवारहरूलाई राखेर छलफल गरे तापनि छलफलमा निष्कर्ष निस्कन सकेको छैन । घाइते भएका उम्मेदवार सुनुवारको हाल स्थानीय बाम्ती अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्