दाङमा पुर्वमन्त्री बस्नेत चढेको गाडी दुर्घटना, १० जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर चढेको गाडी दुर्घटन हँदा १० जना घाइते परेको छन् । सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परि बस्नेतसहित १० जना घाइते भएका हुन् । तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी पूर्वमन्त्री बस्नेतको टाउकोमा चोट लागेको छ ।

माओवादीका नेता एवं पुर्वमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किदा दुर्घटना भएको थियो । घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्