स्थानीय तहको निर्वाचनमा निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपति भण्डारीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते शुक्रबार सम्पन्न हुन स्थानीय निर्वाचनमा निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आग्रह  गरेका छन् । निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताएका हुन् ।

जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्ने भएकाले राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने राष्ट्रपतिले आफ्नो सन्देशमा भनेका छन् ।

स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो सुदर पक्षनै जनताले निर्वाचन गरेका प्रतिनिधिहरुबाट मुलुकको शासन सञ्चालन हुनु हो राष्ट्रपति भण्डारीको भिडियो सन्देशमा भनिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्