सरकारी प्रेस पास भएका पत्रकारलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने निर्वाचन आयोगको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको दिन सरकारी निकायको प्रेस पास भएका पत्रकारलाई निर्वाचन आयोगले दिने सवारी अनुमतिपत्र आवश्यक नपर्ने निर्वाचन आयोगको निर्णय गरेको छ । आधिकारीक निकायबाट जारी भएका प्रेस पास हुने सञ्चारकर्मीले आयोगबाट सवारी साधनका लागि सवारी अनुमति पत्र लिनु नपर्ने भएको हो ।

प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले अनुमतिपत्र जारी गर्नसक्ने आयोगले जनाएको छ । प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत् अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने आयोगकी शाखा अधिकृत जयकला राईले सार्वजनिक गरेका विज्ञप्तिमा भनिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्