बैंकिङ कसुरमा ५ दिन कैद र १७ लाख ४२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं।७ सिमपानी घर भई हाल काठमाडौंको नयाँबानेश्वर बस्ने ३८ वर्षीय रामहरि अधिकारीलाई शान्तिनगर काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी हाम्रो स्ट्याण्डर्ड चाटर्ड बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट २०७९ बैसाख र ४ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ५ दिन कैद र १७ लाख ४२ हजार जरिवाना सुनाएको थियो । पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्