मनाङको डिस्याङ गाउँपालिकामा एमालेका तर्फबाट कान्छा घले ८ सय ६१ मत ल्याएर विजयी

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ घले ७ सय १३ मत ल्याएका हुन् ।

त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए । यहाँ राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्