काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता यथावत्, ३७ भोटले उछिने स्थापितलाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि रहेका छन् । पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छन् ।

हालसम्म ६८० मतको गणना भइसकेको छ, जसमा बालेनले २१६ मत ल्याएका छन् । स्थापितले १७९ मत ल्याउँदा सिर्जनाको मत १४१ रहेको छ । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्