ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २ सय मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत ल्याएर अग्रता यथावत् राखेका हुन् ।
त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् ।