सिमकोटको खार्पुनाथमा कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर विजयी

Ad
  • कालोपाटी सम्बाददाता

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले एक हजार आठ सय १० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी का शक्तिसिंह ऐडीले ८५० मत ल्याएका थिए ।

यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही ४६९, वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल ९२६००, वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा २७१, वडा नम्बर ४ मा कांग्रेसका रङ्गमति शाही निर्विरोध र वडा नम्बर ५ मा कांग्रेसका भरतजङ्ग शाही ९४९२० मत ल्याएर निर्वाचित भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्