बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वटा वडाध्यक्ष पदमा विजयी

Ad
  • कालोपाटी सम्बाददाता

बारा । निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँ सोही पदमा निर्वाचित भएका थिए ।

यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा एमाले र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्