जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार साहले मतान्तर बढाउँदै

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवार साहले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । जारी मतगणनामा कांग्रेसबाट राजीनामा दिई उम्मेदवारी दिएका मनोज साह १ हजार २६४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । भने उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले पछ्याइरहेका छन् । साहले ६३८ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साह चौथो नम्बरमा छन् । उनले १ सय ९६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गरेका छन् । लोसपका उम्मेदवार मनोज चौधरीले १ सय ६४ मत प्राप्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्