ललितपुरको कोन्ज्येसोम गाउँपालिकामा नेकपा एमाले उम्मेदवार लामाको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुरको कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम रहेको छ । तामाङले एक हजार ५ सय ३३ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका गोपीलाल सिङतानले ९ सय ७५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार २०१ र नेकपा एमालेकी रणिता तामाङले एक हजार ६४ मत पाएका छन् ।

हालसम्म दुई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं १ चौघरे अध्यक्षमा माओवादीका सन्तलाल तामाङ र वडा नं २ मा एमालेका रोहन लामा विजयी भएका छन् । हाल वडा नं ३ दलचोकीको गणना सुरु भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्