काठमाडौंमा उम्मेदवार बालेनले २ हजार ६ सय १ मत प्राप्त गरि बनाए फराकिलो मतान्तर, सिंह स्थापितलाई पछ्याउदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले १२ सय मतको फरकमा अग्रता कायम गरेका छन् । उनले २ हजार ६ सय १ मत पाएरे अग्रता कायम गरेका हुन् । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।

स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्