भरतपुरमा सहमतिपछि अवरुद्ध मतगणना सुचारु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भरतपुरमा केहीबेरको अवरोधपछि मतगणना सुचारु भएको छ । बदर मतको विषयमा एमालेले विरोध जनाएर निस्केपछि मतगणना अवरुद्ध भएको थियो ।

मतगणना स्थगित भएपछि सर्वदलिय वैठक बसेको थियो । उक्त वैठकमा अबदेखि यस्ता प्रकृतिका मतपत्रहरु आएको खण्डमा सबै बदर गर्ने सहमति भएको छ । राम्रोसँग स्वस्तिक छाप नदेखिएको एउटा मतपत्र निर्वाचन प्रमुखले बदर गरेपछि एमालेले विरोध जनाएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्