कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका राजकुमार नकर्मीको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त गरेका छन् । उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गरेका छन् ।

दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गरे । वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गरेका थिए ।

वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गरेका थिए । अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्