काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ को मतगणना सुरु , बालेनको अग्रता यथावत्

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा वडा नम्बर ५ को मतगणना सुरु भएको छ । छिल्लोपटक वडा नम्बर ५ को मतगणना भएता पनि स्वतन्त्र उम्मेदवार बालेन साहले नै अग्रता लिएका छन् । सो वडामा बालेनले ३३१ भोट ल्याउँदा एमालेका केशव स्थापितले २४६ र कांग्रेसकी सिर्जना सिंहले १७१ भोट ल्याउँदै बालेनलाई पछ्याइरहेका छन् ।

काठमाडौं ५ मा हाँडीगाउँ, विशालनगर, टंगाल, भाटभटेनीलगायतका स्थानहरु पर्छन् । समग्रमा बालेनले ६ हजार ६९२, स्थापितले ३ हजार ५६२ र सिंहले ३ हजार १२६ भोट ल्याएका छन् । काठमाडौंमा हाल ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्