मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धन विजयी, कांग्रेसका मोक्तान अध्यक्षमा निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार लोक मोक्तान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

मोक्तानले ४ हजार ८९७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । त्यस्तै उनका प्रतिद्धन्द्धी एमालेका नरेन्द्र रिजालले ४ हजार ९३ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा गठबन्धनबाट माओवादीका बालकुमार मल्ल विजयी भएका छन् ।

उनले ४ हजार ८८ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी एमालेका सुकु माया थिङ्गले ४ हजार ९३ मत ल्याएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्